सत्तारुढ दलले जसपा नेपाल फुटाएको यादवको दाबी
२९ वैशाख २०८१ १५:०१
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सत्तारुढ दलहरूले फुटाएको दाबी गरेका छन् ।
शनिबार जनकपुरमा पत्रकारहरूसँगको कुराकानीमा उनले दुई–चार जना लोभी पापी पार्टी फुटाएर गएको बताए । तर उनले आफ्नो पार्टी फुटाउन कुन दल सक्रिय थियो भन्ने खुलाएका छैनन् ।
‘कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाँदिनँ,’ उनले भने । पार्टी फुटाएर जानेहरू अन्तैबाट फुटेर आएका र स्वार्थ पुरा गरेर बाहिरिएको यादवको भनाइ थियो । उनीहरू अरू थप स्वार्थ पुरा गर्न अन्तै गएको समेत उनले टिप्पणी गरे ।
प्रतिक्रिया