राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन: अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् ।
एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रीय विभागले आज आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् ।

‘विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,’ उनले भने, ‘तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।’ उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए । ‘पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर