बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले

बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन्।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो लागेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए।

दमकल र तथा अग्निनियन्त्रणका अन्य सामग्री नहुँदा दुवै घर खरानी बनेको सिर्पालीले बताए। घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर