प्रतिनिधि सभामा कांग्रेसको अवरोध
२८ वैशाख २०८१ १६:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेका छन् ।
आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया