
२४ विषयवस्तु समावेश फ्याक्ट नेपालको नयाँ पुस्तक सार्वजनिक


फ्याक्ट नेपालको नयाँ पुस्तक फ्याक्ट्स अफ नेपाल-२०२४ सार्वजनिक भएको छ । डाटा र इन्फ्रोग्राफिक संकलनको ९औं पुनरावृत्तिका रुपमा यो पुस्तक सार्वजनिक गरिएको फ्याक्ट नेपालले जनाएको छ ।
स्तकले पाठकलाई ज्ञान र डाटासम्बन्धी लाभ दिन सक्षम हुने विश्वास संस्थाको छ ।
पुस्तकमा मुलुकका विभिन्न क्षेत्र आर्थिक, कर्पोरेट, सामाजिक विकास र राजनीतिका २४ विषयवस्तु समावेश गरिएको संस्थाको भनाइ छ । जसमा इन्फोग्राफिक्स दृष्यहरू समेत समावेश गरिएको छ ।
तथ्य अनुसन्धान र विश्लेषण प्रालिका नाममा सन् २०१२ मा स्थापना भएको फ्याक्ट निजी अनुसन्धानात्मक संस्था हो । यो पुस्तकको मूल्य ५ सय राखिएको छ ।
फ्याक्टको कार्यालयबाट पुस्तक लिनेका लागि ३० प्रतिशत छुट दिइने समेत संस्थाले जनाएको छ ।
प्रतिक्रिया