
त्रिविमा संघीयताअनुरूप पुनः संरचनाको गृहकार्य


त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनः संरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्राडा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनः संरचनाको गृहकार्य थालिएको हो ।
विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ ।
विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरूपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए ।
विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्राडा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा.डा.खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त भएका हुन् ।
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
प्रतिक्रिया