चीनको प्रयोगशालाबाट कोभिड–१९ सुरु भएको अमेरिकाको दाबी

अमेरिकाले कोरोना भाइरससम्बन्धी अध्ययनका लागि बनाएको उपसमितिले चीनबाट यो भाइरसको उत्पत्ति भएको दाबी गरेको छ ।

चीनको वुहान प्रयोगशालमा दुर्घटनापछि यो भाइरहेको उत्पादन भएको र चिनियाँ कम्युनिस्ट पार्टीले प्रयोगशालाको चुहावटको ढाकछोप गर्न खोजेको उपसमितिको ठहर छ ।

समितिका अध्यक्ष ब्रेड वेनस्टुपले विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई यसबारे पत्र लेखेका छन्, जसमा कोभिड–१० को उत्पत्तिबारे अमेरिका जनतासामु सत्यतथ्य सार्वजनिक गर्नका लागि अनुरोध गरिएको फक्स न्युजले जनाएको छ ।

प्रयोगशालामा भएको दुर्घटनाको पूर्ण जाँच गर्न चिनियाँ कम्युनिस्ट पार्टीले अवरोध गरेको पनि ब्रेडले बताएका छन् । उनले गत मे १४ मा नै यसबारे विदेशमन्त्री ब्लिंकेनलाई जानकारी दिएको पनि उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर