भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गरेको उच्च प्रतिनिधिमण्डलले आज चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उनीहरुलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिए । सुशासन, आर्थिक पारदर्शिता, कोष तथा लेखा नियन्त्रण तथा लेखा परीक्षणका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको नीति उत्कृष्ट रहेको जनाउँदै भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मको उच्च प्रतिनिधि मण्डलले चन्द्रागिरि नगरपालिकालाई अवलोकनका लागि छनोट गरी सोबारेमा जानकारी लिएको बताइएको छ । सो अवसरमा महालेखापरीक्षक तोयम राया, उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारी, विन्दु विष्ट, पद्मराज पौडेलर बैकुण्ठबहादुर अधिकारीको सहभागिता रहेको थियो ।

सो अवसरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज अर्यालले नगरको भौतिक पूर्वाधारसहित सामाजिक विकासका क्षेत्रमा सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति गरेका थिए । सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरु घनश्याम लुइँटेल, नरेन्द्रराज श्रेष्ठ, प्रह्लाद रिजाल, सञ्जय सिग्देल, राजेन्द्र महर्जनसहित नगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता थियो ।

भारतको सो प्रतिनिधिमण्डलमा नियन्त्रक तथा महालेखापरीक्षक मुर्मसहित निर्देशक रिना अकोइजम, डा गौरवकुमार र करन बोहरा सहभागी थिए । सो प्रतिनिधिमण्डल मङ्गलबार नेपाल आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *