अबको दशक आन्तरिक रोजगारी दशक हुनेछ : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन्।

काठमाडौंमा बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि स–साना व्यवसायमा पनि जोड दिन आवश्यक रहेको बताए।

उनले सीपलाई अबको एक दशक देशमा सीपमूलक तालिम दिनुपर्ने बताए। उनले सोहीअनुसार मन्त्रालयले योजना बनाई काम गरिरहेको जिकिर गरे।

उनले वैदेशिक रोजगारीमा जानेहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए। मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए।

उनले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *