युवा देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास हुँदैन : सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले युवा देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन्।

काठमाडौंमा बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले मुलुकमा युवाले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए।

उनले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताए। उनले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरु पलायन भइरहने बताए।

उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताए।
सांसद जबराले मजदुरले काम गर्ने वातावरण सिर्जना नगरेसम्म देशको विकास सम्भव नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *