वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ ले तेस्रो टि–२० खेलमा नेपाललाई ७६ रनले पराजित गरेको छ । २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि लोकेश बलमे २८, करण केसीले २८ र कुशल मल्लले २० रन बनाए । वेस्ट इन्डिज ‘ए’ हेडन वाल्सले ३ र गुडाकेस मोतीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेका वेस्ट इन्डिज ‘ए’ ले २ सय २८ रनको विशाल लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतक प्रहार गरे । उनले नटआउट १ सय १९ रन बनाए । एलिक अथान्जेले १७, आन्द्रे फ्लेचर ५३, फाबिएन एलेनले १९ र किमो पलले १३ रन बनाए ।

नेपालका लागि करन केसीले १ र सागर ढकालले १ विकेट लिए ।

नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएकाले नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरेका थिए । जारी सिरिजमा वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *