काठमाडौँका यी स्थानमा आगामी ३ दिन विद्युत् आपूर्ति बन्द हुने
१४ वैशाख २०८१ ८:३९
नेपाल विद्युत् प्राधिकरणले आगामी ३ दिन सम्म विद्युत् आपूर्ति सेवा बन्द गर्ने भएकाे छ ।
नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएको छ ।
जस्का कारण आगामी शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।
सीतापाइला (कुलेश्वर वितरण केन्द्र) मा आगामी शनिबार, सोमबार र मंगलबार र इचड्गु फिडर र एलटी लाइन फिडर (बालाजु वितरण केन्द्र)मा आइतबार विद्युत् आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया