
चलचित्र मनसराको ट्रेलर सार्वजनिक


चलचित्र मनसराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।
अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ । उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको छ ।
निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।
प्रतिक्रिया