उपनिर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन इकाइ गठन
४ वैशाख २०८१ २०:२१
निर्वाचन आयोगले आचारसंहिता विपरीतका कार्य भए तत्काल कारबाही गरिने बताएका छन् । आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा स्पष्टीकरण माग गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै रोक्न आदेश दिने र कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिइने विज्ञप्तिमार्फत जनाएका छन् ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि आचारसंहिता लागु भएको छ ।
प्रतिक्रिया