
सम्पत्ति शुद्धीकरण मुद्दामा रिडी हाइड्रोका तत्कालीन अध्यक्ष न्यौपाने दोषी ठहर


विशेष अदालतले रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद तथा तीन करोड ९८ लाख जरिवानाको फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरु रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।
न्यौपानेले आफैं अध्यक्ष भएको कम्पनीको सेयर कारोबारमा संलग्न रही एक करोड ९९ लाख रुपैयाँ लिएको अदालतको ठहर छ । न्यौपाने ७३ वर्षको भएकाले ज्येष्ठ नागरिकसम्बन्धी ऐनबमोजिम आधा कैद घटाएर विशेष अदालतले एक वर्ष कैदको फैसला गरेको हो ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया