
प्रधानमन्त्रीसँग भेटेपछि ओलीले भने : संसद अधिवेशन अन्त्य हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार छलफल गरेका सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य हुने बताएका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले हाल संसद अधिवेशन हुने र पछि फेरि आह्वान हुने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस चल्न नदिएपछि संसद अधिवेशन अन्त्य गर्न लागिएको उनको भनाइ छ ।
सरकारले बिजनेस नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले चल्न नदिएर हो ।’
सहकारीको रकम अपचलनको आरोप लगाउँदै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । कांग्रेसले समिति गठन नभए संसद चल्न नदिने चेतावनी पनि दिएको छ ।
सोही कारण सरकार संसद् अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुगेका हुन् । संसद् वैशाख २ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया