भिसा सकिएर बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको रेग्मीको भनाई छ ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको छ ।

यी हुन् पक्राउ परेका व्यक्तिहरू :

p

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *