सभामुखले बोलाएको बैठकअघि कांग्रेस पदाधिकारी बैठक जारी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेले बोलाएको बैठकअघि देउवा आफ्नै निवासमा आन्तरिक छलफलमा जुटेका हुन्।

बूढानीलकण्ठमा अहिले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल जारी छ। संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्‍मा अवरोध गर्दै आएको छ।

कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्‍मा सम्बोधन गर्न पाएका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *