सिराहामा हतियार देखाएर लुटियो साढे १५ लाख

सिराहामा हतियार देखाएर अज्ञात समूहले मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटेको छ ।

भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले सिरहा सदरमुकामस्थित विष्णुपुरस्थित शिव मनी ट्रान्सफरको रकम लुटेको हो । उक्त ट्रान्सफरका लागि पुरुषोत्तम यादवले सिराहाको ग्लोबल बैंकबाट निकालेर रकम निकालेर लैजाँदै थिए ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले दुई जना नकाबधारीले पेस्तोल देखाएर रकम लुटेको बताए । प्रहरीले उनीहरु भारततर्फ भागेको आशंका गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *