कजरिया रमेश टाइल्स लिमिटेडका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालमा टायल उत्पादन शुरु गर्न लागेको र अबको दुई महिना भित्रमा उद्योग सञ्चालनमा आउने बताए। उनले नवलपरासीको बर्दघाटमा उद्योग सञ्चालन गरी उत्पादन थाल्ने बताए।
उनले अहिलेको एक्सपेरियन्स सेन्टरको उद्घाटन उपभोक्तामाझ नजिक हुने माध्यम रहेको बताए। उनले उद्योगमा २४० करोड रुपैयाँ लगानी गरेको बताए।
उनले भने, ‘हामी नेपालमा टायल उत्पादन शुरु गर्दैछौँ, अबको दुई महिनामा हाम्रो नवलपरासीको बर्दघाटमा शुरु हुँदैछ। अहिले हामीले खोलेको कम्पनीको उपभोक्तामाझ भिज्ने, उपभोक्ताहरुले पनि अनुभव लिनसक्ने गरी यो सञ्चालन गरेका हौँ। कजारियामा केके भेराइटी छन्, कस्तो टायल छ भन्नेबारेमा थाहा पाउनुहुन्छ। अहिलेको आर्थिक मन्दीमा लगानी गर्न धेरै नै गाह्रो छ । २४० करोड रुपैयाँ लगानीमा नेपालमा यो शुरु गरिरहेका छौँ।’

प्रतिक्रिया