
गायक रिमालले ल्याए ‘मेरो नजिक’ म्युजिक भिडियो

गायक तथा संगीतकार रामकुमार रिमालले नयाँ म्युजिक भिडियो ‘मेरो नजिक’ सार्वजनिक गरेका छन् । गीतमा शब्द, स्वर र संगीत रिमालकै रहेको छ ।
यस्तै, म्युजिक भिडियोमा गायक रिमाल र सीया क्षेत्रीको अभिनय रहेको छ । एभरेस्ट ग्यालरी र मनोज धितालसँगको सहकार्यमा गीत तथा भिडियो तयार भएको रिमालले बताए ।
पछिल्लो समय आधुनिक संगीतकारको रुपमा लोकप्रिय रिमाल गत फागुनमा आयोजित रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक संगीतकारको रुपमा सम्मानित भएका थिए ।
प्रतिक्रिया