खाम पक्राउ प्रकरण : चितवन अदालतमा आज पनि बहस
काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामको मुद्दामा आज पनि बहस हुँदै छ । उनको मुमुद्दामा हिजो (बिहीवार)देखि चितवन जिल्ला अदालतमा बहस सुरु भएको हो ।
बुधवार साँझ सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछि बिहीवारदेखि खामको बयान सुरु भएको थियो । थुनछेक बहसमा पहिलो दिन जाहेरवालाको तर्फबाट एक जना, सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताले बहस गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
रामहरि श्रेष्ठको घरबाटै अपहरण पश्चात २०६५ वैशाख २६ गते हत्या भएको थियो । श्रेष्ठलाई सानो काम छ भन्दै वैशाख १५ गते मध्यराती तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन कमाण्डर गोविन्दबहादुर बटालासहितको टोलीले घरबाट लगेको मृतककी श्रीमती रमिलाले दिएको जाहेरीमा उल्लेख छ ।
यस घटनामा संलग्न भएको भन्दै चितवन जिल्ला अदालतले २०६८ जेठमा बटालालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सुनाएको थियो । त्यही बेला फरार अभियुक्त सबैको मुद्दा मुल्तवीमा राखेको थियो । अहिले खाम पक्राउ परेसंगै उक्त घटनाको फाइल पुनः अघि बढाईएको हो ।
प्रतिक्रिया