खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए ।

उनले भने, ‘खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’

उनले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गरे । उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताए । उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र-क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गरे । उनले सम्झौता ऐतिहासिक हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर