
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । आज प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनले कर्णालीमा एमालेलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेको छ । सोहीअनुसार शर्माले राजीनामा गरेका हुन् ।
शर्माले आफ्नो नेतृत्वले निरन्तरता पाउनुपर्ने अडान राख्दै आएका थिए । सोहीअनुसार मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । सहमति नभएपछि विश्वासको मत लिने तयारी स्थगित भएको थियो ।
केन्द्रको निर्देशनलाई मान्दै अन्ततः उनले राजीनामा दिएका हुन् । प्रदेश सभालाई सम्बोधन गर्दै उनले संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए । ‘तर हामी संसदीय अंक गणितको भद्दा प्रहसर्नमा मात्र रुमल्लिने त होइनौं भन्ने खतरा आइनै रह्यो,’ उनले भने ।
- राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाए : महेश बर्तौला
- शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छ : सांसद महत
- प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
- शिक्षकहरूसँग नयाँ शिक्षामन्त्रीको पहिलो वार्ता नै यसरी भयो ‘असफल’
प्रतिक्रिया