प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२० चैत २०८० ७:३८
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यता उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नेछन् ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
- भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा.राणा
- रविले प्रधानमन्त्रीलाई भने- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौ
- चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रुपमा फर्किँदै
- नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
प्रतिक्रिया