निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग माग
१६ चैत २०८० १९:५०
नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनु पर्ने माग गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताए ।
अर्बौँ रकम भुक्तानी नपाउँदा व्यवसायीको सप्लाई चेन, बैंक किस्ता एवम् श्रमिक लगायत करको ठूलो रकम भुक्तानी गर्न व्यवसायीलाई समस्या परेको उनको भनाइ थियो । उनले आगामी दिनमा अर्थतन्त्र सुधार आउने बताए ।
कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरूलाई बैंकबाट सहजै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्ने समेत बताए ।
नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासका लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।
प्रतिक्रिया