
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रूपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिन नहुने बताए ।
‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ । आजको होइन हो, यो ०४८ सालको सुरुको लालकिल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन । हात हाल्ने कुचेष्ठा नगरे हुन्छ । यो लालकिल्ला हो, लालकिल्ला रहन्छ । राखिन्छ लालकिल्लाका रूपमा । गल्तीले जितेर गएकाहरुको माथि भूमिका हेर्नुस् त कस्तो छ । नचाहिने काम गरेका छन् । यो मात्रै होइन, अब त हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ । देशैभरि लालकिल्ला,’अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न कांग्रेसलाई चेतावनीसमेत दिए ।
प्रतिक्रिया