हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना
१५ चैत २०८० १०:२०
भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।
उनलाई मुटुको समस्या भएपछि मनमोहन अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ ।
उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको र मिनि हर्टअट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया