
हाजिरी जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक भण्डारी

भक्तपुर प्रहरीले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीलाई आज हाजिरी जमानीमा रिहा गरेको छ । मदिरा सेवन गरेर कार चलाएको र दुर्घटना गराएको आरोपमा भण्डारी शुक्रबारदेखि प्रहरी नियन्त्रणमा थिए ।
शनिबार घाइतेहरुका परिवारसँग छलफल र भण्डारीले घाइतेहरुको उपचार खर्च बेहोर्ने गरी कागज भएपछि उनी हाजिर जमानीमा छुटेको भक्तपुरका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
निर्देशक भण्डारीले र ‘कमेडी च्याम्पियन’ टिमका सदस्यहरु रहेको बा १ (०२६ ०३५९) नम्बरको कार बिहीबार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।
कारमा सवार ६ जना नै घाइते भएका थिए । घाइतेहरुलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । उनीहरुमध्ये कमेडियन सुशान्त बस्यालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया