एमालेको सचिवालय बैठक आज बस्दै
११ चैत २०८० ९:२०
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइको बताइएको छ । साथै, सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेले बताएको छ ।
इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् ।
इलाम-२ का लागि ६ जनाको नाम सिफारिस भएको छ । बझाङ-१ मा तीन जनाको नाम सिफारिस भएको छ । ती नामहरूबारे पनि आज छलफल हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया