
जसपा सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । अन्सारीको ६० वर्षको उमेरमा आज उपचारका क्रममा निधन भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले २०४६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गरेकी थिइन् ।
उनको निधनप्रति बैठकले शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।
प्रतिक्रिया