नेमकिपासँग समर्थन माग्दै बागमतीका मुख्यमन्त्री जम्कट्टेल
सत्ता समीकरण परिवर्तन पछि बागमती प्रदेश सरकार टिकाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेमकिपासँग सहयोग माग गरेका छन् । नेपाली कांग्रेसले समर्थन फिर्ता गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार माथि सङ्कट मडारिरहेको छ ।
उक्त संटक टार्न मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका विभिन्न दलहरूलाई सत्ता साझेदारीको प्रस्ताव अघि सारेका छन् । सोही क्रममा मुख्यमन्त्री जम्कट्टेलको टिमले शनिबार नेमकिपासँग सरकारको समर्थन माग गरेको हो ।
नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंको निवास भक्तपुरमा पुगेर मुख्यमन्त्री जम्कट्टेलले सरकारलाई समर्थन गर्न सहयोग माग गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलसहित प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले नेमकिपाका नेता गोसाईंसँग सरकारको समर्थन माग गरेका हुन् ।
प्रतिक्रिया