भारतमा लोकसभा चुनावको घोषणा

भारतमा १९ अप्रिल (वैशाख ७) बाट सात चरणमा लोकसभा चुनाव हुने भएको छ । लोकसभाले ५ वर्षे कार्यकाल मे महिनामा पूरा गर्दैछ ।

भारतको निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो । कार्यतालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौँ चरण २९ मे र छैटौँ चरणको मतदान २५ मेका दिन हुनेछ ।

त्यस्तै, अन्तिम सातौँ चरणको मतदान जुन-१ का दिने हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानको कार्य सकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । सबैतिरको मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ । लोकसभाको ५ सय ४३ सिटका लागि मतदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर