राष्ट्रियसभाका दुई विषयगत समितिमा शेर्पा र पन्त निर्विरोध निर्वाचित हुने

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । शनिबार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ । यससँगै एउटा समितिमा दाबेदारीका लागि एक–एक जनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्विरोध निर्वाचित भएका छन् ।

यद्यपि आधिकारिक रुपमा आइतबारमात्रै घोषणा हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर