राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने  संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर