प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय
जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालले फागुन ३० गते बुधवार विश्वासको मत लिँदै हुनुहुन्छ । यसअघिको नेपाली काँग्रेससँगको गठबन्धन टुटेसँगै काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । काँग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् छ । नयाँ गबठन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ ।
प्रतिक्रिया