दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुला पक्राउ
२९ फागुन २०८० १३:५४
दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुला पक्राउ पक्राउ परेका छन् । सोमबार राति वीरगन्ज महानगरपालिका–२४ रामगढवामा भइरहेको विवाहमा सुनको सिक्री दाइजो पाउनुपर्ने माग राखेका बेहुलाले विवाह रद्द गरेका छन् ।
पक्राउ पर्नेमा बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साह, उनका छोरा (बेहुला) लगायत आठ जनालाई पक्राउ गरेको हो । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पर्साले अनुसन्धान थालेको छ । बेहुलाले दाइजोमा१२ लाख नगद, मोटरसाइकलका लागि ३ लाख २५ हजार, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसके पनि पछि विवाह मण्डपमा नै सुनको सिक्रीको माग गरेको बेहुली पक्षको आरोप छ ।
प्रतिक्रिया