डुडुवामा औलोको घरधुरी सर्भेक्षण

बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएको छ । पछिल्लो समय त्यहाँ औलोका बिरामी बृद्धिभएपछि उच्च सतर्कता समेत अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८०  औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिइन् । यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उनले बताइन् ।

उनका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आव २०८०÷०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच ÷पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताइन् । जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् ।

औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । डुडुवा–४ शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक पुरुषमा औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर