
माओवादीका नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

नेकपा (माओवादी केन्द्र)ले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रिय सभा सदस्य दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने बताइएको छ । दाहाल ०७८ फागुन २५ गते राष्ट्रिय सभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ ।
प्रतिक्रिया