सुन तस्करीमा संलग्न चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याल छन् ।

काभ्रे प्रहरीको अनुरोधमा उनलाई बुधबार पक्राउ गरिएको र सोही दिन काभ्रे प्रहरीलाई हस्तान्तरण गरिएको मकवानपुरका एसपी सीताराम रिजालले पर्दाफासलाई जानकारी दिए ।

अर्याल यातायात कार्यालय काठमाडौं, ठूलो भ¥याङबाट सरुवा भएर प्रदेशसभा सचिवालयमा आएका थिए । उनलाई सचिवालयबाटै पक्राउ गरिएको हो ।

उनले काभ्रे प्रशासनमा नासुको रुपमा कार्यरत रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।

यी दुवै व्यक्ति हाल पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर