सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बर्खास्त गरे नेकपा एसका मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेश शाहीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । शाही प्रदेशको आर्थिक मामिलामन्त्री थिए ।

केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले उनलाई पनि हटाइएको जनाएका छन् ।

यसअघि माओवादी केन्द्रका तीन मन्त्रीलाई हटाइएको थियो । यस अघि बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।

योसँगै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *