नयाँ गठबन्धनमा पुरानै अनुहारले लिए मन्त्रीको शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ राजनीतिक गठबन्धनमा समावेश तीनदलका नेताहरुले मन्त्रीको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन्।

एमालेबाट प्रमुख सचेतक पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद (डीपी) अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए।

उता एमालेका पदम गिरी २०७९ पुसदेखि मात्र ३२ दिनका लागि स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर