सांसदले उठाएको प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिँदै
२१ फागुन २०८० ८:३४
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।
प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।
सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गरेका छन् । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीको संबोधन समावेश गरिएको छैन ।
प्रतिक्रिया