पोखराको सेतीमा माछा मार्न जाँदा बेपत्ता, ५ दिनपछि शव फेला

पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका एक जनाको शव फेला परेको छ । यही फागुन १३ देखि बेपत्ता रहेका ४५ वर्षीय मानबहादुर तामाङको शव आज बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाअनुसार तामाङको शव पोखरा–१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको हो । यसअघि प्रहरीले तामाङको शव खोज्न सेती नदीको बाँध नै खोलेको थियो । तर, त्यसक्रममा पनि उनको शव फेला पर्न सकेको थिएन ।

फागुन १३ मा तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एक जना मृत भेटिएका थिए । मृत भेटिनेमा पोखरा–१ कस्केरीका ४० वर्षीय मंगा तामाङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर