सेप्टिक ट्यांकरमा लागूऔषधको तस्करी, एक पक्राउ

प्रहरीले सेप्टिक ट्यांकरभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन–३ सर्लाहीका ३४ वर्षीय नविन मोक्तान छन् ।

मोक्तानलाई गोकर्णेश्वर–५ जम्मुडाँडाबाट बुधबार राति नियन्त्रणमा लिइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

को टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा सडक किनारमा रोकी राखेको ना ८ ख २०२२ नम्बरको सेप्टिक ट्यांकीको सिटमुनि जाँच गर्दा लागूऔषध विनसेरेक्स ४७५ बोतल बरामद गरिएको ब्यूरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

मोक्तानविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर