नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य
@NASA मा पूर्ण छात्रवृत्ति पाएकी सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य को सघर्षको कथा सुन्नुहोस । उनको कथा सुनेपछि तपाईका पनि आँखा रसाउने छन् ।
न्युज सोसाइटी नेपालका तर्फबाट रोजितालाई बधाई !#pardafas #epardafas #NASA #NSN_NEPAL pic.twitter.com/AJQK7TTJ1y— pardafas.com (@EPARDAFAS) February 28, 2024
सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् ।
नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी हुन् । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छिन् ।
सन् २०१६ मा केन्द्रिय भौतिकशास्त्र विभाग, त्रिभूवन विश्वविद्यालयमा भएको एस्ट्रोफिजिक्स स्कुल कार्यक्रममा भाग लिएसँगै युनिभर्सिटी अफ मेलबर्नका सहप्राध्यापक मिकेला टेन्टी र क्लेयर केनयन, युरोपियन स्पेस एजेन्सीका वैज्ञानिक नोरा लुत्जन्डर्फ र निकोलस कोपर्निकस एस्ट्रोनोमिकल सेन्टर, पोल्याण्डका प्राध्यापक आन्द्रे जियास्कीको उत्कृष्ट विद्यार्थीको नजरमा परेसँगै छात्रवृत्तिमा बाल्टिमोर अध्ययनका लागि छनोट भइन् ।
विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययन गर्ने अवसर मिलेको थियो । उनलाई अहिले नासामा पनि पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अवसर मिलेको छ । काठमाडौंमा एक कार्यक्रमबीच उनलाई मोतीदेवी स्मृति केन्द्रले शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान कार्यक्रम गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै उनले विगतको आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन् । उनले आफूले स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययनका क्रममा प्रश्न, प्रश्न सोध्ने बानी, प्रश्नलाई कसरी समाधान गर्ने र त्यसको उत्तर के भन्नेकुरा नै वैज्ञानिक हुनुको आत्मा रहेको आफूले बुझेको बताइन् ।
‘बाङ्गेमुडामा एउटा अध्याँरो कोठा, त्यसमाथि जिरो वाडको चिम भन्छ, जिरो वाडको चिम बालेर हामी पढ्थ्यौँ । त्यत्ति बचाउन पनि जति बेलासम्म अध्याँरो हुँदैन, त्यति बेलासम्म कोठामा बत्ती बल्दैन थियो । दिदिको विवाह भइसकेपछि पनि बुवाले बोल्नुभएको थिएन राम्रोसँग । दिदिहरुको त्याग तपस्या र प्रतिफलले गर्दा पढ्नैपर्छ भन्ने भयो । त्यहाँ प्रश्न गर्ने बानीलाई यति धेरै मलजल गर्ने रहेछ की, त्यही प्रश्न, प्रश्न सोध्ने बानी, प्रश्नलाई कसरी समाधान गर्ने र त्यसको उत्तर के होला भन्नेकुरा नै खास वैज्ञनिक हुनुको आत्मा रहेछ’, उनले भनिन् ।
नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिकलाई मोतीदेवी स्मृति केन्द्र, शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान गरिएको थियो । उनले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताएकी छिन् ।
प्रतिक्रिया