उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक
१६ फागुन २०८० १०:५४
निर्वाचन आयोगले आज (बुधबार)देखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ-१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो ।
आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
प्रतिक्रिया