धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान
१६ फागुन २०८० ८:५४
नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गरी अध्यक्ष पदको पूर्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको लागि गठित समितिले खुल्ला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको हो ।
योग्य नेपाली नागरिकले ५ हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया