इलाम र बझाङमा उपनिर्वाचनको मिति तोकियो

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर