शिशु चोरी प्रकरण

राज्यको ध्यान खोजिरहेकी निःसन्तान आमाको एउटा गम्भीर अपराध

काठमाडौंको व्यस्तमध्ये एक अस्पतालबाट शुक्रबार शिशु हराएपछि आमा मात्रको मन भक्कानिएन । समाचार सुन्ने, हेर्ने र पढ्नेका मन पनि गम्भीर बने । सुरुवातमा बालिकाको चोरीको कारण भारतमा लगेर भिख मगाउने, अंग प्रत्यारोपण वा अन्य कुनै त्यस्तै कारण भएको अनुमान प्रहरीसहित धेरैले गरे । तर, शुक्रबार राति नै जब प्रहरीले शिशुलाई सकुशल फेला पा¥यो, धेरैका अनुमान गलत भए ।

प्रहरीले शिशुलाई सकुशल एउटी निःसन्तान आमाको काखमा फेला पारेको थियो । उनले सन्तानको लालसामा गम्भीर अपराध गरेकी थिइन् । शिशु जम्मा २६ दिनकी छन् ।

परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालमा उपचार गराउन गएकी काभ्रेको चौरीदेउराली घर भएकी २२ वर्षीय सविना श्रेष्ठकी २६ दिने छोरी चोरी भएको थियो । उनी लाइनमा बसेका समयमा दैलेख घर भएकी मनकुमारी सिंह (मनिषा) ले बालिकालाई बोकी दिनेभन्दै लिएकी थिइन् । त्यसपछि उनी बालिका लिएर एकाएक गायब भइन् ।

मनिषाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएका कारण सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको बताएकी छन् । प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान हुन सक्दैन भनेपछि उनले बच्चा चोरेको जनाएकी छन् ।

सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको मनिषाले प्रहरीसमक्ष बयान दिएकी छन् ।

मातृत्वको लालसाले विक्षिप्त

यो घटना बच्चा चोरीको मात्र नभएको फरक धारणा यतिबेला विभिन्न स्थापित महिलाहरुबाट आउन थालेको छ । विवाहको लामो समय सन्तान नहुनु र चिकित्सीय कारणले उनले यो गम्भीर अपराधलाई योजनाबद्ध रुपमा कार्यन्वयन गरेको देखिन्छ ।
यहाँ बहस हुनसक्छ, उनको गम्भीर अपराधमा मातृत्वको मूल्यांकन कसले गर्ने ?

नेपाल प्रहरी श्रीमती संघकी पूर्वअध्यक्ष कुशुम शाही थापाथली प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला बच्चा नभएर मातृत्वको लालसाले विक्षिप्त भएकी हुनसक्ने बताउँछिन् । ‘यी विक्षिप्त महिलालाई सर्वप्रथम मानसिक जाँचपछि बच्चा भएमा हुर्काउन सक्षम छिन् भने राज्यले सम्भव भए आईभीएफलगायत अन्य प्रविधिमार्फत गर्भधारण गर्न सहयोग गर्नुपर्छ, नभए कानुनी रीत पु¥याएर अनाथ बच्चा उनलाई सुम्पदा दुवैको उद्धार हुने देखिन्छ,’ उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

बच्चा नभएर हतास भएका निःसन्तान मध्यम वर्गीय दम्पतीको लागि सरकारले समयसमयमा निःशुल्क आईभीएफको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । उनी लेखेकी छन्, ‘विशेष गरेर सुरक्षाकर्मीको परिवारमा श्रीमान् धेरै समय बाहिर रहने हुँदा श्रीमतीहरू बच्चाहरूको साथमा रमाएर बसेका हुन्छन्, बच्चा पनि नहुँदा निकै नै गाह्रो हुने देखेर नै हामीले वात्सल्य आईभीएफ क्लिनिकका सञ्चालक प्रशान्त सुवेदीजीसँग यो कुरा राखेका थियौं र उहाँले पनि नेपाल प्रहरीका दम्पतीलाई छुट तथा एकाध निःशुल्क उपचार गराउने सम्बन्धमा छलफल भइरहेको थियो, समय अभावले हामीले यो काम पूरा गर्न सकेनौं । यस सम्बन्धमा सुरक्षा संगठनले आफैं पनि पहल गर्नुपर्ने देखिन्छ ।’

राज्य सबैको अविभावक रहेको बताउँदै शाहीले स्वास्थ्य मन्त्रालयको ‘परिवार स्वास्थ्य’ कार्यक्रमले तत्काल पहल थाल्नुपर्नेमा जोड दिएकी छन् ।

अवकाशप्राप्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहकी पत्नी भएकाले शाहीले ३० वर्ष श्रीमान्सँगै देशका धेरै स्थानमा बिताएकी छन् । उनले विवाहपछि निःसन्तान भएकै कारण महिलाले भोग्नु परेको सामाजिक पीडा र यसका कारण समाजमा हुने अपराधलाई बुझेरै आफ्नो धारणा राखेकी हुन् ।

प्रहरी प्रधान कार्यालयका पछिल्ला १० वर्षका तथ्यांकलाई मिहीन गरी केलाउँदा अपराधको संख्यागत हिसाबले एउटा ठूलो हिस्साको कारण सन्तान र विवाहेतर सम्बन्ध पनि छ । यसले पनि निःसन्तान आमाहरुका हकमा अब राज्यले सोच्ने समय भएको देखाउँछ ।

मनिषा अस्पताल भर्ना

शिशु चोरी गर्ने सिंहलाई पाठेघरबाट रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि केएमसी अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख भूपेन्द्रबहादुर खड्काले जानकारी दिए ।

‘बच्चा चोरी गर्ने महिलामाथि अनुसन्धान भइरहेको छ, अहिले पाठेघरबाट रक्तस्राव भएर बिरामी भएकोले हामीले अस्पताल पठाएका छौं, उसले किन यस्तो ग¥यो सबै कुरा बुझेपछि कसुर अनुसारको मुद्धा अघि बढाउँछौं ।’

बच्चा चोरी गर्नेलाई कानुनी कारबाही के हुन्छ ?

प्रहरीका अनुसार शिशु चोरी गर्ने सिंहको अपराधको प्रकृति अपहरणसँग मिल्ने देखिन्छ । यदि उनीमाथि अपहरणसम्बन्धी कसुरमा मुद्दा चल्यो र दोषी ठहरेमा ३ देखि १० वर्षसम्मको कैद सजायको भागिदार हुनुपर्नेछ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २११ को (क) मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डर त्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिने व्यवस्था छ ।

सो दफाको उपदफा (ख) मा कुनै व्यक्तिलाई निजको मन्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरूको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मन्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा पनि अपहरण गरेको मानिने व्यवस्था छ ।

सोही ऐनको दफा २१३ मा अपहरणको कसुरमा सजायको व्यवस्था गरिएको छ । जस अनुसार कसैले ज्यान लिने, कुटपिट गरी चोट पु¥याउने, जवर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा विरुद्ध जवर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानुन बमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *